कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला कपिलवस्तु जेसिजले सञ्चालन गरेको घरघरमा डाक्टर अभियानको छैठौँ दिन आज वडा न. ११ को अति विपन्न पदमपुर बस्तिमा चेकजाँच गर्ने कार्य भएको छ ।
मंगलवार वाणगंगा नगरपालिका वडा नं.११ को अति विपन्न पदमपुर बस्तिका ८७ घरधुरीका १ सय ७१ जनालाई प्रत्यक्ष घरमा गई सेवा उपलव्ध गराएको अध्यक्ष मनोजकुमार खत्रीले वताए । सो अवसरमा सावुन समेत वितरण गरिएको उनले बताए । चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र चेकजाँच गर्ने कार्यलाई कपिलवस्तु सामुदायिक अस्पताल, नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखा र पदमपुर टोल विकास संस्था को विशेष सहयोग एवंंं बाणगङ्गा नगरपालिका वार्ड न ११ को समन्वयमा र वडामा विभिन्न सामाजिक संघ संस्थाले प्रत्यक्ष सहयोग गरेका छन् ।
डाक्टर सहितको अभियानमा नागरिकहरुलाई सरसफाईको महत्व, हात धुने तरिका, रोगवाट वच्ने उपाय लगाएतका विषयमा प्रत्यक्ष जानकारी गराईएको र ज्वरो नाप गरिएको महासचिव प्रविन पौडेलले वताए । कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा अहिले सम्म ५ वडामा अभियान संचालन गरेको छ । यसलाई अन्य वाँकी वडाहरुमा क्रमस लैजाने योजना रहेको अध्यक्ष खत्रीको भनाई छ ।
सामुदायिक अस्पतालका डाक्टर दिपेन्द्र चन्द र अस्पतालका पारामेडिक्स दुर्गा भुसालले घरघरमा गई स्वास्थ्य जाँच गरेका छन् भने जेसिजका अन्य पदाधिकारीहरुले जानकारीमुलक सचेतना प्रदान गरेका छन् । जेसिज युवाको यो अभियानलाई नागरिकले खुसी हुदै प्रशंसा व्यक्त गरेका छन् ।
वडा नं ११ मा मंगलवार संचालीत अभियानमा वडा सोमनाथ अर्याल, कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष सुन्दर पाण्डे, वार्ड न. ११ का वार्ड सदस्य श्री शारदा के.सी,वाजबुल खान, जेसी विनोद भट्टराई, पदमपुर टोल विकास संस्थाका अध्यक्ष ध्रुवचन्द चौधरी तथा सचिव माधव पौडेल र विद्यार्थी नेता सुवास पौडेल, लगायतका सम्पूर्ण सहयोगी मनहरुलाई सहयोग रहेको जेसीले जनाएको छ । कतिपय नीजि र सरकारी अस्पतालका चिकित्सक ज्वरो आएको विरामी भन्दा साथ नजिक नपर्ने गरेको चर्चाका बीच जेसिजले घरघरमा चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आवश्यक देखिए पछि चेकजाँच गर्ने अभियान चलाईएको हो ।