राहत कि ‘कन्यादान’ ?
हरि घिमिरे ,
यतिबेला देश विश्व भरी फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण लकडाउनमा गुर्जिएको छ । लक डाउनले अति विपन्न परिवारहरुमा चुलो बल्न छाडिसकेको छ । यस्तो विषम परिस्थितिमा पनि कसै कसैलाई राजनितीको चटारो बढे जस्तै पनि देखिन्छ । तर अधिकाशं राजनितिक दलहरु ,संघ सस्थाहरु र केहि व्याक्तिहरु ले आ–आफ्नै ढगंबाट राहत बाढ्ने काम पनि भएको देख्न सकिन्छ ।
तर राहत के हो ? अति विपन्न वर्ग कस्तालाई मान्ने अझै सम्म छुट्याउन नसक्ने हाम्रो समाजले कसरी दिन दुःखी छुट्याएको होला ? यो बुझ्नेहरुलाई अझै गम्भिर प्रश्न हो । सेवाभावले भोकाएका नागरीकको सेवामा खटिने को ? तिनिहरुको भोको नाङ्गो अवस्था देख्ने निकायहरु खै ?भित्र भित्र सबैका आ–आफ्नै तरिका आ–आफ्ना मान्छे हरुलाई राहत दिएको हामिहरु कसैलाइ पनि थाहा हुदैन । तर दिन दुःखीहरुलाई दुई किलो चामल , एक किलो दाल र भए सम्म एक किलो नुन दिएर कन्यादान दिएझै गरेर एकले अर्कोको हात छोएर राहत बाढ्नेहरूको भिड सामाजिक सञ्जालमा प्रर्याप्त देख्न सकिन्छ ।
कोरोना भाईरस (कोभिड १९)ले महामारी फैलाएको बेला एक अर्का संग नजिक हुनु हुदैन टाढा टाढाबाट राहतको प्रबन्ध मिलाउनुको सट्टा झन कन्यादानको झल्को मेट्ने गरि राहत दिएको देख्दा आम नागरिकमा कस्तो असर पर्ला ? त्यसमाथि अझै नागरिकका गुनासा सुन्नुपर्ने तिनै नागरिकले जिताएका जन प्रतिनिधिहरुलेनै त्यसरि कन्यादान जस्तो राहत दिदा राहत प्राप्त गर्ने विपन्न वर्गले अपनत्व महशुस गर्लान ?