गृहपृष्ठ खबर सम्पुर्ण वडावासीलाई कोरोनाबाट सर्तक रहि घरमै बस्न बुद्धभुमि नगरपालिका वडा न. २ का वडाध्यक्ष शर्माको आग्रह

सम्पुर्ण वडावासीलाई कोरोनाबाट सर्तक रहि घरमै बस्न बुद्धभुमि नगरपालिका वडा न. २ का वडाध्यक्ष शर्माको आग्रह

प्रकाशित मिति:

कोभिड- १९ अर्थात कोरोना भाईरस सम्बन्धि बुद्धभुमि नगरपालिका वाड न. २ मा अन्तरक्रिया कार्यक्रम गरिएको छ । वडाध्यक्ष भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सम्पुर्ण सदस्य,प्र.अ.आमा समुह लगाएतको सहभागिता रहेको थियो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको र कपिलवस्तु जिल्लामा खुल्ला नाका धेरै भएका कारणले नगरपालिका पनि जोखिममा रहेकोले वडाले पनि सर्तकता अपनाउनु पर्ने कुरामा वडाले जोड दिएको छ ।

वडा अध्यक्ष शर्माले कोरोनाबाट बच्न सर्तकताका उपाय अवलम्बन गर्न अनुरोध गर्दै साप्ताहिक रुपमा वडाको विभिन्न स्थानमा लाग्ने कृषि हाट बजार संचालनमा रोक लगाएको बताए ।

शर्माले जनतालाई सुसुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने कुरामा सबैले साथ दिन समेत अनुरोध गर्नु भएको छ । हाट बजारहरुमा भिडभाड धेरै हुने भएकाले र भारतीय व्यापारी पनि आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन अर्को सुचना नआउंदासम्म सबै हाट बजार संचालनमा रोकिएको वडा अध्यक्ष भेषराज शर्माले बताए । साथै कोरोनाका बारेमा गलत कुरा नगर्न ,दैनिक उपभोग्य वस्तु, मेडिकल सामाग्री लगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरि कालोबजारी नगर्न सबैलाई अनुरोध गर्नु गरिएको छ ।

सम्बन्धित् समाचार