गृहपृष्ठ खबर कपिलवस्तु जेसिज बर्ष २०२० ले एकपछि अर्को उदाहरणीय कार्य गर्दै, यहि चैत्र ३० गते रक्तदान कार्यक्रम आयोजना गरिदै

कपिलवस्तु जेसिज बर्ष २०२० ले एकपछि अर्को उदाहरणीय कार्य गर्दै, यहि चैत्र ३० गते रक्तदान कार्यक्रम आयोजना गरिदै

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात् (कोभिड–१९) को संक्रमण संसारभर नै त्रास भईरहेका वेला यता कपिलवस्तु जेसिज बर्ष २०२० ले विभिन्न कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । “मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो ” भन्ने मुल नारालाई आत्मासाथ गर्दै कपिलवस्तु जेसिजले यहि चैत्र ३० गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए ।

अहिलेको विषम परिस्थितिमा देशभर नै रगत समस्याको अभाव सिर्जना भएको छ । सोही समस्यालाई मध्यनजर गर्दै कपिलवस्तु सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । कार्यक्रममा सहभागी भई मानव सेवाको अभियानमा सरिक हुन समेत खत्रीले सम्पुर्णलाई अनुरोध गरेका छन् । विहान ९ बजेदेखि रक्तदान कार्यक्रम गरिने संयोजक जेसि कमल घिमिरेले जानकारी दिए । यस्तै कोरोनाको डरले निजि अस्पतालहरुले उपचार गर्ने नमानि रहेको अवस्थामा कपिलवस्तु जेसिज बर्ष २०२० ले “घर घरमा डाक्टर अभियान ” चलाईरहेको छ ।

सम्बन्धित् समाचार