गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पसले विज्ञान र प्रविधिको सहि सदुपयोग गर्दै, यहि चैत्र ३० गतेदेखि अनलाईन कक्षा सुरु गरिने

सिद्धार्थ क्याम्पसले विज्ञान र प्रविधिको सहि सदुपयोग गर्दै, यहि चैत्र ३० गतेदेखि अनलाईन कक्षा सुरु गरिने

प्रकाशित मिति:

कपिलवस्तुकै शैक्षिक धरोहर सिद्धार्थ क्याम्पस बुङचीमा पहिलो पटक कक्षा शिक्षाको विकल्पको रुपमा अनलाईन कक्षा संचालन गरिने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण देश नै लकडाउनको अवस्थामा छ । यो विज्ञान र प्रविधिको युगमा प्रविधिलाई सहि सदुपयोग गर्दै अनलाईन कक्षा संचालन गर्न लागिएको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिए ।

क्याम्पसका सम्पुर्ण पठनपाठन बन्द रहेको परिस्थितमा क्याम्पसले लकडाउनको अवधिसम्म एम.बी.एस. प्रथम सेमेस्टरका लागी कक्षा शिक्षणको विकल्पको रुपमा अनलाईन कक्षा गर्न लागिएको हो । यहि चैत्र ३० गते साझ ६ बजेदेखि कक्षा संचालन गरिने समेत क्याम्पसले जनाएको छ । अनलाईन कक्षामा एम.बी.एस. प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई अनिवार्य रुपमा सहभागी हुन एक सुचनामार्फत जानकारी गराईएको क्याम्पस प्रमुख शर्र्माले जानकारी दिए । अनलाईन कक्षाको प्राराम्भिक चरणमा विद्याथीलाई केही समस्या भए जस्तो महसुस भएता पनि क्रमश त्यसमा सुधार भई प्रभावकरी हुनेमा क्याम्पस आशावादि रहेको समेत क्याम्पस प्रशासनले जनाएको छ ।

सम्बन्धित् समाचार