देश यतिवेला लकडाउनमा रहेको कपिलवस्तु जिल्लामा प्राकृतिक श्रोत साधनको दोहन भएको प्रति नेकपा कपिलवस्तुले आफ्नो गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ । नेकपा कपिलवस्तुको जिल्ला कार्यालयको शनिवार सम्पन्न वैठकले आफ्नो ध्यानाकृष्ट भएको जनाएको हो । वैठकले जिल्लाको मूख्य नदी नाला, बन क्षेत्रको दोहन कार्य रोक्न कार्य प्रशासनिक निकायलाई आग्रह गर्दै तस्करी नियन्त्रणमा पार्र्टी कार्यकर्तालाई सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । सम्पन्न वैठकले आफ्ना कार्यकर्तालाई प्राकृतिक श्रोत साधन दोहनको क्रियाकपालमा जानेर वा नजानेर संलग्न नहुन निर्देशित गरेको छ । वैठकले प्राकृतिक श्रोत साधनको संरक्षणमा स्थानिय पार्टी कमिटी, सामुदायिक बनका अगुवा, संचारकर्मी, युवा, विद्यार्थी, लाई भूमिका खेल्न आग्रह गरेको छ ।

सरकारले आब्हान गरेको लकडाउनलाई पूर्ण रुपमा सहयोग पु¥याउदै लकडाउनमा लक्षित समुदायले राहत पाउन छुटेमा सहयोग पु¥याउने निर्णय गरेको छ । सोही वैठकले नयाँ वर्ष २०७७ सालको अवसरमा शुभकामना ब्यक्त गरेको छ । वैठकलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले जिल्लाको उत्तरी क्षेत्रमा राहत वितरण, कोरोना विरुद्धको तयारी तथा सचेतनामा राम्रो रहेपनि क्षेत्र नं। १ कै शुद्धोधन र मायादेवी गाउँपालिकामा थप तयारी आवश्यक रहेको चर्चा गर्दै त्यस तर्फ पार्टी कमिटी र सरोकारवालको ध्यानाकृष्ट गर्नु पर्नेमा जोड दिनु भयो । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव रामचन्द्र शाह विष्णुको संचालनमा सम्पन्न वैठकमा नेकपाका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपाने, सहइन्चार्ज बिमला घिमिरे, नेकपा प्रदेश ५ का कार्यालय सचिव बलराम अधिकारी, प्रदेश सदस्यद्धय कृष्ण पौडेल, जनी बन्जाडेको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।









