प्रिय जून

प्रकाशित मिति:
प्रिय जून
अर्जुन ज्ञवाली
प्रिय जून 
तिमी एउटा साक्षी हौ
मेरो बाला साथी हौ
उतिबेला म जता जान्छु
तिमी त्यतै जान्थ्यौ
सायद तिमीले तान्थ्यौ
साँझपख तिमीलाई देखेर
हो हामी कति नाच्थ्यौँ
तिम्रो प्रकाशको
मिठास शितलताले
हामी कति रमाउथ्यौँ
धित मरुन्जेल
मनका सारा गीत गाउथ्यौँ
साच्चै तिमीसगै
हामी रमाइ रमाइ बाच्थ्यौँ
उराठ गर्मीमा पनि 
तिमी शितल भएर
हामीलाई भेट्न आउथ्यौ
कालो अन्धकारमा 
चम्किलो प्रकाश भएर आउथ्यौ
कालो रात सबै तिमी भगाउथ्यौ
हामीलाई सधैँसधैँ सघाउथ्यौ
आहा!हाम्रा मिठा 
सबै सम्झनाहरु
तिमी मै छाड्थ्यौ
तिमीमै लुकाथ्यौ
तिम्रो सुन्दरतामा र्याल काड्थ्यौ
तिम्रो चमकता देखेर
तिम्रो शालिनता देखेर
कहिलेकाहीँ डाहा हुन्थ्यो
लाग्थ्यो तिमी जस्तै 
हुन पाए हुन्थ्यो
अँध्यारो सन्सारलाई
चकमन्न बनाउन मन लाग्थ्यो 
कहिल्यै निराश नहुने
तिम्रो प्रसन्न अनुहार
बनाउन मन लाग्थ्यो
तिमी जस्तै
सबैले चिन्ने
सबैले देख्ने
सबैले पुज्ने
सबै ठाउँ पुग्ने
कुनै सिमा नभएको
ब्रह्माण्ड यात्री बन्न मन लाग्थ्यो
बादलुको घुम्टोमा
लुकुछिपी हिड्न मन लाग्थ्यो
तर 
आज समय फेरिएछ क्यार
सायद मेरो परिस्थिति फेरिएछ 
आज धेरै दिन पछि 
तिमीलाइ नियालेर हेर्दैछु
तिमी त्यस्तै छौ आजपनि
तिम्रो दिनचर्या उस्तै छ
बिडम्बना मेरो फरक छ
उ बेलाको जस्तो छैन आज
तिम्रो र मेरो यात्रा
फरक छ 
तिम्रो र मेरो प्रवृति 
फरक छ
खै म कतै हराएछु
यो सन्सारको झाडीमा
कतै बिलिन भएछु
ब्यस्त जीवनमा
कठै
आज चिलिम भएछु!!



सम्बन्धित् समाचार