भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महशुस भएको छ। कोरोनाको त्रासकाबीच भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्केका छन्। लकडाउनले थुनिएका मानिस घरबाट बाहिर निस्केपछि अधिकारीहरुले सामाजिक दुरी कायम राख्न आग्रह गरेका छन्। दिल्ली, गाजियाबाद, नोयडा लगायतका स्थानमा भूकम्पको धम्का महशुस भएको छ।
मानिसहरुले सामाजिक सञ्जालमा ठुलो भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विट गर्दै सबै सुरक्षित रहेको आशा व्यक्त गरेका छन । भारतीय मिडियाका अनुसार पूर्वी दिल्ली भएर ३।५ रेक्टर स्केलको भूकम्प गएको हो।









