गृहपृष्ठ Featured थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि

थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति:

कैलाली – कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा ब्यापार गर्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको छ ।

सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ।

सम्बन्धित् समाचार