
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं १ का बिशाल पोख्रेल रबिले विपत राहत प्रकोप व्यवस्थापन कोषमा एक लाखको सहयोग गरेका छन् ।
सामाजिक ब्याक्तित्व बिशाल पोख्रेल रबि अहिले भारतको पन्जाव रहेकोको उनका बुवा राम प्रसाद पोख्रेल, आमा सकुन्तलाले बुद्धभुमी नगरपालिकाकालाई एक लाखको चेक हस्तान्तरण गरेका हुन । कोरोना संक्रमणको महामारीमा लामो समयको लकडाउनमा परेका गरिब मजदुरहरुको राहतका लगि रु १ लाख प्रदान गरिएको परिवारले बताए ।
बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले कोभिड–१९ कोरोना भाइरस बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवारलाई राहतका लागि रकम सहयोग गरेको सहयोगी ब्याक्तित्व पोख्रेल परिवारलाई धन्यवाद दिए ।
विश्वलाई आतंकित बनाएको कोभिड १९ का कारण प्रभावित अति विपन्न र असहायक परिवारको दैनिकीमा ठूलो राहत पुग्ने नगरप्रमुख श्रेष्ठले बताए । भारतको पन्जाब ब्यावसाय गर्दै बिशाल पोख्रेल रबीको बुवा राम प्रसाद पोख्रेल, आमा सकुन्तला पोख्रेलले नगरप्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत, वडा नं १ का अध्यक्ष तेज बहादुर बस्नेतलाई सो १ लाख रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
बुद्धभुमी नगरपालिकाको राहत कोषमा नगरपालिकाको तर्फबाट ७५ लाख, किडार्क नेपालद्वारा २ लाख ४१ हजार र रबि पोख्रेल मार्फत १ लाख गरि कुल ७८ लाख ४१ हजार रहेको प्रमुख प्रशासकिय लिल बहादुर राउतले जानकारी दिए ।







