गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा १९ दिन लकडाउन लम्वियो, बैशाख २१ सम्म बन्द

भारतमा १९ दिन लकडाउन लम्वियो, बैशाख २१ सम्म बन्द

भारतमा जारी लकडाउन बैशाख २१ गते सम्मका लागि बढाइएको छ । संक्रमण बढ्दै गएपछि त्यहाँ जारी लकडाउनलाई १९ दिन लम्व्याइएको हो । संक्रमणको रोकथाम र लकडाउन अवधि बढाउने विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशबासीलाई सम्वोधन गर्नुहुदै कोरोना विरुद्धको लडाइमा जित हासिल गर्ने एकमात्र विकल्प सामाजिक दूरी कायम गर्नु भएकोले सरकारले लकडाउनको अवधि थप गरेको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले बृद्ध बृद्धाहरुको हेरचाह गर्न, गरिवलाई सहयोग गर्न एवं कोरोना संक्रमितहरुको उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक, नर्स एवम् स्वास्थ्यकर्मीहरुको हौशला बढाउन पनि अपिल गर्नुभएको छ ।

यो संगै भारत सरकारले आफ्नो देशको हुलाक सेवालाई लकडाउनका बेला अत्यावश्यक औषधि एवम् औषधिजन्य सामग्रीहरुको ढुवानी गर्न प्रयोग गर्ने भएको छ । लकडाउनका कारण प्रभावित भएको सामग्री ओसारपसारमा देशभर रहेका हुलाकका ६ लाख शाखाहरुलाई परिचालन गर्ने निर्णय भएको हो । भारतमा कोभिड संक्रमणबाट ३३९ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १० हजार जना भन्दा बढी संक्रमित भइसकेका छन् ।

सम्बन्धित् समाचार