गृहपृष्ठ खबर बुद्धभुमी नगरपालिका वडा नं.२ द्धारा २७७ घरधुरीलाई राहत वितरण

बुद्धभुमी नगरपालिका वडा नं.२ द्धारा २७७ घरधुरीलाई राहत वितरण

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. २ ले लकडाउनबाट प्रभावित विपन्न तथा ज्याला मजदुरी गरेर छाक टार्ने गरेका २७७ घरधुरीका नागरिकहरुलाई राहत वितरण गरेको छ । वडा अध्यक्ष भेषराज शर्माले बडहराबाट राहत वितरणको काम सुरु गरिएको जानकारी दिए ।

राहतमा प्रति व्यक्ति ५ किलो चामल,१ किलो दाल,१ लिटर तेल र एक पोका नून का दरले ५९ क्विन्टल २० किलो चामल, ५ क्विन्टल ३ किलो दाल,३२८ लिटर तेल तथा ३९० पोका नून र ७८० पोस साबुन वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

राहत वितरण शान्तीपुर्ण रुपमा भएको र छुटेका नामावलीका लागि गुनासो टिपोट समेत गरिएको र आवश्यकता पहिचान गरेर केहि समय पछि राहत वितरण गरिने वडा अध्यक्षले जानकारी दिए । मंगलबार साबिक जयनगर गाविसको सम्पुर्ण वडामा त्यहाका संघसंस्था बुद्धिजीवी एवम राजनीतिक दलको अगुवाइमा राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार