गृहपृष्ठ खबर सनसिटी अपार्टमेन्टका २९८ जनाको ‘र्‍यापिड टेस्ट गर्दा सबै रिपोर्ट नेगेटिभ’

सनसिटी अपार्टमेन्टका २९८ जनाको ‘र्‍यापिड टेस्ट गर्दा सबै रिपोर्ट नेगेटिभ’

प्रकाशित मिति:

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्नेहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । बुधबार २९८ जनाको आरडीटी गरिएकामा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । बेलायतबाट फर्केर अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएका एकै परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोनाभाइरस पुष्टि भएपछि त्यहाँ बस्ने २९८ जनाको आरडीटी गरिएको हो ।

सनसिटी अपार्टमेन्ट
सनसिटी अपार्टमेन्ट

दुईजनामा भाइरस पुष्टि हुँदा सो परिवारकी बुहारीको परीक्षण फेरि पनि ‘नेगेटिभ’ नै आएको डा। देवकोटाले बताए ।उनले उनीहरुकहाँ काम गर्ने दुईजना सहायकको स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताए ।

 

यता, कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले अपार्टमेन्टका बाँकीको पनि परीक्षण गरिने बताए । उनले अपार्टमेन्टका बाँकी ब्लकका व्यक्तिहरुको बिहीबार परीक्षण गरिने बताए । आफूले अपार्टमेन्टका सबैको परीक्षण गर्नुपर्ने माग गरेपनि स्वास्थ्य मन्त्रालयले कतिजनाको गर्ने हो, टुंगो नभएको प्रमुख थापाको भनाइ छ ।

प्रहरीले उक्त अपार्टमेन्टलाई ‘सिल’ गरेको छ भने कोलोनीसमेत बन्द गरेको छ ।सनसिटी अपार्टमेन्ट ‘लक’ गरिएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि वैकल्पिक प्रबन्ध गर्न अपार्टमेन्टमा बस्नेहरुले आग्रह गरेका छन् ।

पाँचओटा ब्लक रहेको अपार्टमेन्टमा करिब ५०० परिवार बस्दै आएका छन् । प्रत्येक ब्लकमा १६र१६ तल्ला छन् भने एउटा तल्लामा ६ परिवार बस्छन् ।

सम्बन्धित् समाचार