जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं ८ ले आफ्नो वडामा बुधबार राहत वितरण गरेको छ ।
वडाका असहाय, अशक्त, अति विपन्न, दैनिक ज्यालादारी गरि खाने विपन्न परिवारलाई वडाले प्रति व्यक्ति ५ किलो चामल,१ किलो दाल,१ लिटर तेल एक पोका नून र २ वटा साबुनका दरले १५५ घरदुरिलाई राहत वितरण गरेको वडा अध्यक्ष कपिलदेव तिवारीले जानकारी दिनुभयो ।
राहत वितरण शान्तीपुर्ण रुपमा भएको र छुटेका नामावलीका लागि गुनासो टिपोट समेत गरिएको र आवश्यकता पहिचान गरेर केहि समय पछि राहत वितरण गरिने वडा अध्यक्षले जानकारी दिनुभयो ।
बुधबार साबिक हरियरपुर गाविसको १ र ५ बाहेक सम्पुर्ण वडामा त्यहाका संघ संस्था बुद्धिजीवी एवम राजनीतिक दलको अगुवाइमा राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।









