गृहपृष्ठ Featured घरमै राहत लिएर वडा अध्यक्ष पुगेपछी स्थानीय खुसी

घरमै राहत लिएर वडा अध्यक्ष पुगेपछी स्थानीय खुसी

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं ४ ले कोभिड १९ नोबेल कोरोना भाइरसको लकडाउनबाट प्रभावित बिपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने गरेका ७९ घरधुरीका नागरिकहरुलाई बुधबार राहत वितरण गरेको वडा अध्यक्ष पवन कुमार थारुले जानकारी दिनुभयो । वडा अध्यक्ष थारुले बुड्ढिबाट राहत वितरणको कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

जस अनुसार प्रति व्यक्ति ५ किलो चामल,१ किलो दाल,१ लिटर तेल एक पोका नून २ वटा साबुन वितरण गरिएको वडा कार्यालयले जनाएको छ । राहत वितरण शान्तीपुर्ण रुपमा भएको र छुटेका नामावलीका लागि गुनासो टिपोट समेत गरिएको र आवश्यकता पहिचान गरेर केहि समय पछि राहत वितरण गरिने वडा अध्यक्षले जानकारी दिनुभयो ।

बुधबार साबिक बुड्ढी  गाविसको १र २ मा राहत वितरण गरिएको छ भने अन्य वडामा भोलि र पर्सि गरि राहत वितरण गर्ने योजना रहेको अध्यक्ष थारुले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार