गृहपृष्ठ अर्थ/वाणिज्य पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निगमको निर्णय

प्रकाशित मिति:

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

नेपाल आयल निगम
नेपाल आयल निगम

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५ र १५ दिनमा समायोजन गर्दै आएको छ ।

कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ ।

लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।

सम्बन्धित् समाचार