गृहपृष्ठ अर्थ/वाणिज्य उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्नेलाई दुई लाख जरिबाना

उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्नेलाई दुई लाख जरिबाना

प्रकाशित मिति:

दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालमा रहेको डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारबाही स्वरुप जरिबाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबारै इमाडोलमा रहेको दीपशिखा स्टोर्सलाई पनि पचास हजार रुपैयाँ जरिवाना गराइएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार