देशभर लकडाउन भईरहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका सामुदायिक वन क्षेत्रमा भने वन्यजन्तुको चोरी सिकारी बढेको छ ।
भलवाडका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु सँगै काठ तस्करी पनि बढेको एक स्थानियले बताएका छन् । भलवाडका सरेपानी सामुदायिक वन र नमुना सामुदायिक वनमा चोरी सिकारी बढि भएको हो ।
पटकपटक आग्रह गर्दा समेत चोरी सिकारी नरोकिएको नमुना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेलले बताउनुभयो । चोरी सिकारीको बारेमा सब डिभिजन वन कार्यालय गोरुसिँगेमा जानकारी गराए पनि तस्करहरुको समुह दैनिक रातको समयमा वन क्षेत्रमा प्रवेश गर्ने र सिकार सँगै तस्कर पनि गरिरहेको पौडेलले बताउनुभयो ।
यतिबेला बन डढेलोको समय भएका कारण पनि वनमा आगोलागिका घटना निम्तन सक्ने भन्दै उहाँले वन समिति रक्षाका लागि लागि परे पनि तस्करहरुको जोखिम रहेको बताउनुभयो । भलवाडमा कोरोना संक्रमण सँगै तस्करहरुको समुहबाट बन डढेलो समेत बढन सक्ने जोखिमका कारण स्थानिय त्रसित रहेको भन्दै उहाँले सम्बन्धित निकायबाट थप कडाइको पनि माग गर्नुभएको छ ।