बुद्धभूमी नगरपालिका वडा नं. २ द्धारा पहिलो चरणको राहत वितरणमा छुटेका २७ घरपरिवारलाई राहात वितरण गरिएको छ । विश्वभर नै कोरोना भाईरस अर्थात कोभिड १९ को त्रास भैरकहेकाले नेपाल सरकारले पनि देश भर नै लकडाउनको घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरको करिव एक महिना हुन आटेको छ ।
लकडाउनको मारमा विशेषत गरिव निमुखा जनता परेका छन् । यो संकटका वेला गरिव परिवारको समस्यालाई मध्यनजर गर्दै स्थानीय सरकारले राहत वितरण गरिरहेको छ । यस्तै गरि बुद्धभूमी नगरपालिका वडा नम्बर २ ले पनि दोस्रो पटक साविक जयनगर ५ र ७ का दैनिक ज्याला मजदुरी गर्ने २७ घरपरिवारलाई ४७० के.जी चामल,४३ के.जी. दाल,३० लिटर खाने तेल,३५ के.जी नुन र ७० वटा सावुन वितरण गरेको छ । राहात वितरण गर्दा विशेष किसिमको सर्तकताका साथ वितरण गरिएको समेत वडा नं. २ का वडाध्यक्ष शर्माले जानकारी दिनुुभयो ।