गृहपृष्ठ Featured कपिलवस्तुमा तबलिगी जमाती लुकेर बसेको भारतीय सञ्चारमाध्यमको दावी

कपिलवस्तुमा तबलिगी जमाती लुकेर बसेको भारतीय सञ्चारमाध्यमको दावी

भारतीय पत्रिका राष्ट्रिय साहाराले नेपाल भारतको सीमा क्षेत्रको कपिलवस्तु भित्र जमाती लुकेर वसेको दावी गरेको छ । दिल्ली मकरजवाट आएका तबलिगी जमाती चन्द्रौटा क्षेत्रमा लुकेर वसेको दावी गरेको छ । यो मुस्लिम धर्म प्रचारक संस्था हो । यसले भारतको निजामुद्धिनमा आयोजना गरेको सम्मेलनवाटै भारतमा कोभिड १९ फैलिएको भारतीय मिडियाको दावी छ ।

यता जावाभारी क्षेत्रमा पाकिस्तानबाट आएका मानिसहरु समेत लुकेर वसेको साहाराले समाचार छापेको छ । राष्ट्रिय साहाराकालागी वढनीवाट रिपोर्टिङ काम गर्ने पत्रकार अजयप्रताप गुप्ताले यो समाचार तयार पारेका हुन । वढनी कृष्णनगरसंग जोडिएको क्षेत्र हो ।

 

निजामुद्धिनवाट नेपाल प्रवेश गरेका २६ जना कृष्णनगर स्थित लक्ष्मी नगरवाट नेपाल प्रवेश गरेको भारतीय मिडियाको दावी छ । यता उनीहरु चन्द्रौटाको सिद्रा वजारमा रहेको एक घर र सिवराज ६ को एक ईटा भट्टामा लुकेर उनीहरु वसेको श्रोतको दावी छ । सोही दावी अनुसार वडा प्रहरी कार्यालय चन्द्रौटाले २ दिन अघि छापा हानेको थियो । छापा हान्नु पूर्व धार्मिक रुपमा आरोप लाग्न सक्ने भन्दै स्थानीय ३ मुस्लिम अगुवालाई साथमा लिएको थियो । सोही क्रममा सूचना लिक भएपछि उनीहरुले वसाई सरेको वताइएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । अहिलेसम्म केही फेला परेको छैन । भारतीय मिडियाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तीब्रता दिने पनि उहाँको भनाइ थियो ।

निजामुद्धिनमा सहभागी भएर फेला परेका प्रायसबैमा कोरोना संक्रमण देखिएकाले ती जमातीहरु यतिबेला खोजीको सूचीमा परेका हुन्

सम्बन्धित् समाचार