गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोनाबाट बेलायतमा अहिलेसम्म १६ नेपालीको ज्यान गयो

कोरोनाबाट बेलायतमा अहिलेसम्म १६ नेपालीको ज्यान गयो

प्रकाशित मिति:

कोरोना संक्रमणका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहेका छन्।

त्यसैगरी, अहिलेसम्म बेलायतभरमा १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएको जानकारी दूतावासको जानकारीमा आएको बताइएको छ। अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेका ७ जना तथा संक्रमणको आशंका भएपछि घरमै आइसोलेसनमा बसेकाहरु झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले जनाएका छन्।

दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ। बेलायतमा आपतविपत खेपेका नेपालीको सहयोगार्थ नेपाली दूतावास, एनआरएनए यूके, बन्टोक नेपाली समाज लगायत सामाजिक संघसंस्थाले काम गरिरहेका छन्।

सम्बन्धित् समाचार