गृहपृष्ठ खबर मदरसा बोर्डको नेतृत्वमा कपिलवस्तुका मस्जिद र मदरसाको निरीक्षण

मदरसा बोर्डको नेतृत्वमा कपिलवस्तुका मस्जिद र मदरसाको निरीक्षण

प्रकाशित मिति:

अजय मिश्र ,कपिलवस्तु , वैशाख ६

कपिलवस्तुको जवाभारी र चन्द्रौटामा रहेका मस्जिद , मदरसाहरुमा तबलीगी जमातीका मान्छेहरु लुकेर बसेको भन्दै भारतीय संचार माध्यममा प्रकाशित समाचारहरू आधारहिन रहेको कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरु ले दावी गरेका छन।

भारतीय पत्रिकामा समाचार आए पछि प्रदेश नं. ५ मदरसा बोर्ड र राष्ट्रिय मदरसा संघ नेपाल को गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, ईप्रका बहादूरगंजका प्रहरी नायब निरीक्षक अभय राउत, शिवराज नगरपलिका वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रतिनिध लगायत पत्रकार हरुको टोली द्वारा स्थलगत अनुगमन गर्दा जवाभारी र चन्द्रौटाको मदरसा र मस्जिदमा कुनै पनि बाहिरी मान्छे वा जमात संग सम्बन्धित व्यक्तिहरू नभेटिएको हो ।

मदरसा निरीक्षण गर्ने क्रममा प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भारतीय मिडीयामा आएको न्यूजमा कुनै सत्यता नरहेको बताएका छन् । प्रशासन लगायत सबैको सहयोगमा निरीक्षण गरिएको र मस्जिद र मदरसामा समेत लकडाउनको पुर्ण रूपमा पालना गरिएको छ साथै संकटको समयमा आरोप- प्रत्यारोप गर्न भन्दा सबै जना मिलेर सरकारको निर्देशन अनुरूप लकडाउन र सामाजिक दुरि कायम राख्न सबै संग आग्रह गरेका छन् ।

शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरी ले अनुगमनका क्रममा जमातीहरु लुकेको खबर प्रति हाम्रो ध्यानाकर्षण भएको र संयुक्त रुपमा अनुगमन गर्दा मस्जिद र मदरसामा कोही पनि जमाती व भारतीय मौलानाहरू नभेटिएको बताउनु भयो।

राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले भारतीय मिडीयामा आएको समाचार प्रती गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । भारतीय मिडियाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई तीब्रता दिने उहाँको भनाइ थियो ।

सम्बन्धित् समाचार