कपिलवस्तुमा ८ दिनमा ७ सय २३ जनाको र्यापिड टेस्ट भएको छ । शुक्रवार ५ पालिकामा कुल ४९ टेस्ट भए । कपिलवस्तु नगरपालिकामा ५, बाणगंगामा ४, कृष्णनगरमा ६, बुद्धुभुमीमा १६ र बिजयनगरमा १८ टेस्ट भएका छन । अहिले सम्म सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । टेस्टकालागि सुरुमा सात सय किट प्राप्त भएको थियो । ३ दिन अघि प्रदेश सरकारबाट थप ३ सय किट पाईएको भगतले बताए ।
अहिले सम्म बिजयनगर गाउपालिकाा १ सय ३ , महराजगंजनगरपालिक २ सय ८ सुद्धोदन गाउपालिकामा ६० , मायादेबी गाउपालिकामा ८२ कृष्णनगर नगरपालिकामा ५१ शिवराज नगरपालिकामा ३ जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा २५ यशोधरा गाउपालिकामा ४१ र बाणगंगा नगरपालिकामा ८ जनाको टेस्ट बुद्धभुमीमा ३० भईसकेको छ ।
क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको भगलते बताए । कपिलवस्तुमा शनिवार सम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेन्टाईन बेडमा ९ सय ४९ जना रहेका्ेमा ७ सय ७७ डिस्चार्ज भई हाल १ सय ७२ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।