कपिलवस्तुमा विद्युत सेवा अनियमित रुपमा काटिदां वाणगंगावासी हैरान जस्तै भएका छन् । दैनिक कामका विधुतीय उपकरणहरु घरीघरी विधुत आउने जाने प्रवृतिले विगर्न थालेको वाणगंगावासीले गुनासो गरेका छन् । केही भने घरका टि.भी.,फ्रिज,कम्प्युटर जस्ता उपकरणमा विग्रिएको समेत बताएका छन् । देश चैत्र ११ गतेदेखि लकडाउनको अवस्था भईरहदां सर्वसाधरण घरमै बस्नुपर्ने बाध्यता छ ।

दिनभर जसो घरमै वसिरहदां मानसिक तनावबाट टाढा रहन पनि स्वदेश देखि विदेशसम्मका आफ्ना साथिसंगी,ईष्टमित्रसंग कुराकानी गरि दिन विताउने अहिले बाणगंगावासीको दैनिकी जस्तै बनेको छ । यो समयमा अझ विधुत काटिदां त एक्लो जस्तो महसुस हुन लागेको बताएका छन् । विधुत हुदां टि.भी., कम्प्युटर,इन्टरनेट उपलब्ध हुने र विभिन्न सामाजिक संजालमार्फत मनोरञ्जनात्मक भिडियो,सवाद,ज्ञानका कुराहरु सिक्ने अवसरबाट पनि वाणगंगावासी वञ्चित हुनु परेको गुनासो छ ।दिनप्रतिदिन यो बढ्दो गर्मीमा विधुत अवरुद्ध हुदां जीवननिर्वाह गर्न निकै कठिनाई भएको वाणगंगावासीको गुनासो छ ।
उता जिल्ला विधुत प्राधिकरण कपिलवस्तुका प्रमुख जय कुमार यादवले राष्ट्रिय प्रसारण प्रणालीमा नै समस्या आएपछि कपिलवस्तुमा समेत यसको प्रभाव परेको बताएका छन् । यादवले यो समस्या केही दिनमै समाधान हुने जानकारी गराएका छन् ।









