गृहपृष्ठ खबर पार्टी फुटाउन सहज हुने अध्यादेश प्रधानमन्त्रीको ठाडो प्रस्तावमा, पूर्वमाओवादीमा भने असन्तुष्ट देखियो

पार्टी फुटाउन सहज हुने अध्यादेश प्रधानमन्त्रीको ठाडो प्रस्तावमा, पूर्वमाओवादीमा भने असन्तुष्ट देखियो

राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत मत आवश्यक पर्छ । सोही प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय भएको ती मन्त्रीले बताए । उनका अनुसार मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री ओलीले अप्रत्यासित रूपमा अध्यादेश सम्बन्धी ठाडो प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रस्तावमा ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले तत्काल फरक मत जाहेर गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा यस्तो निर्णय गर्नु ठीक हो र भन्दै असहमति जनाएका थिए ।

ुप्रधानमन्त्रीज्यूले यसमा अब छलफल जरूरी भएन, यही निर्णय भयो भनेर कुरा टुंग्याउनुभयो,ु ती मन्त्रीले भने ।

प्रधानमन्त्रीको प्रस्तावमा विशेषगरी पूर्वमाओवादी खेमाका अधिकांश मन्त्री असन्तुष्ट रहेको उनले बताए ।

सम्बन्धित् समाचार