प्युठानको झिमरुक गाउपालिकाले नेपालभित्रका विभिन्न जिल्लाबाट गाउपालिकामा भित्रिएका १५ जनालाई क्वारेन्टाइन मा राखेकोछ। क्वारेन्टाइनमा १४ जना पुरुष र १ जना महिला रहेका छन ती मध्य काठमाडौबाट ७ जना दाङबाट ३ जना बुटवलबाट ३ जना भलवारिबाट १ जना उदयपुरबाट आएका १ जना गरि १५ जना रहेका छन।
झिमरुक गाउपालिका ५ मच्छिमा रहेको बालशिक्षा मा बि को क्वारेन्टाइनमा ११ जना झिमरुक ५ को ओखरकोटमा रहेको नेरा प्रा बिमा २ जना र झिमरुक गाउपालिका ३ हरियामा २ जना रहेका छन। तिमध्यधेरैजना पैदल तथा गाडिमा र दुई जना एम्बुलेन्समा आएका थिए।
क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्यस्थिति सामान्य भएको झिमरुक गाउपालिकाका स्वास्थ्य संयोजक बिकास के शिले बताउनु भयो।क्वारेन्टाइनमा रहेकाहरुको ओखरकोट स्वास्थ्य चौकि द्वारा दैनिक स्वास्थ्य चेकजाच गरिएको के शिले बताउनु भयो।क्वारेन्टाइनमा रहेका मध्य ९ जना बिधार्थि र ५ जना विभिन्न पेशामा आबद्व मजदुर हरु हुन।झिमरुक गाउपालिकाले विभिन्न जिल्लामा झिमरुकको बाटो हुँदै आएकालाई खाना तथा उद्वार गरेको के शिले बताउनु भयो।