गृहपृष्ठ खबर बाणगंगा नगरपालिका २ का वडाध्यक्ष पौडेलको पहलमा १६५ बढि अलपत्र यात्रुलाई खाना खुवाई घर पठाईयो

बाणगंगा नगरपालिका २ का वडाध्यक्ष पौडेलको पहलमा १६५ बढि अलपत्र यात्रुलाई खाना खुवाई घर पठाईयो

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न. २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलको पहलमा १६५ बढि अलपत्र मजदुर यात्रुलाई उद्धार गरिएको छ । बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका अध्यक्ष पौडेलले विभिन्न जिल्लामा जानका लागी कोठी नदी सिमामा आई अलपत्र परेका उनीहरुलाई खाना खुवाई गन्तब्य तर्फ पठाएका हुन ।


वडा अध्यक्ष सहित स्थानियहरु, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी जवानहरुको साथ लिएर अध्यक्ष पौडेलले २ ट्रकमा यात्रुहरुलाई गन्तव्य स्थलतर्फ पठाएका हुन । हाल कोरोना कारण देशभर नै मजदुरहरु अलपत्र परि रहेका बेला यसरी वडाध्यक्षले आफनो पहलमा खाना खुवाएर यात्राका लागी सवारी साधनको ब्यवस्थामा गरेकोमा यात्रु मजदुरले धन्यवाद समेत दिएका छन ।

सम्बन्धित् समाचार