गृहपृष्ठ खबर उदयपुरमा अर्का ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३२ पुग्यो

उदयपुरमा अर्का ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३२ पुग्यो

उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । यो संक्रमण पुष्टिसंगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

सम्बन्धित् समाचार