गृहपृष्ठ खबर उदयपुरका १० स्थानीयमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो 

उदयपुरका १० स्थानीयमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो 

नेपालमा एकैपटक १० जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका जना स्थानीयवासीमा कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना भाइरसको १३ जना संक्रमण पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप १० जनामा पनि कोरोना पुष्टि भएको हो ।

२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको उदयपुर जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

गत शनिबार स्वाब संकलन गरिएका ६९ जनामध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोशी प्रादेशीक अस्पतालले पोजेटिभ देखाएपछि घोपास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

कोशी प्रादेशीक अस्पतालले पोजेटिभ देखाएका सबै ८ जनाको नतिजा प्रतिष्ठानमा पनि पोजेटिभ नै देखिएको र काठमाडौंमा मंगलबार साँझ गरीएको परीक्षणमा भुल्केकै अर्का एक जनामा पनि पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । त्यसमध्ये ५ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

सम्बन्धित् समाचार