गृहपृष्ठ खबर उदयपुरका १० स्थानीयमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो 

उदयपुरका १० स्थानीयमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो 

प्रकाशित मिति:

नेपालमा एकैपटक १० जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका जना स्थानीयवासीमा कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना भाइरसको १३ जना संक्रमण पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप १० जनामा पनि कोरोना पुष्टि भएको हो ।

२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको उदयपुर जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

गत शनिबार स्वाब संकलन गरिएका ६९ जनामध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोशी प्रादेशीक अस्पतालले पोजेटिभ देखाएपछि घोपास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

कोशी प्रादेशीक अस्पतालले पोजेटिभ देखाएका सबै ८ जनाको नतिजा प्रतिष्ठानमा पनि पोजेटिभ नै देखिएको र काठमाडौंमा मंगलबार साँझ गरीएको परीक्षणमा भुल्केकै अर्का एक जनामा पनि पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । त्यसमध्ये ५ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

सम्बन्धित् समाचार