गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा १९ हजार ९ सयभन्दा धेरै कोरोना सङ्क्रमित

भारतमा १९ हजार ९ सयभन्दा धेरै कोरोना सङ्क्रमित

प्रकाशित मिति:

भारतमा कोरोना भाइरस (कोभिड -१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार नाघेको छ ।  भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १९ हजार ९ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोनाका कारण भारतमा ६ सय ४० जनाको ज्यान गएको छ भने स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार सङ्क्रमितमध्ये तीन हजार आठ सय ६९ जना उपचारपछि निको भएका छन् ।

साथै भारतमा कोरोना परीक्षणका लागि प्रयोग हुने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट सही नतिजा नआएपछि दुई दिनका लागि आरडीटीबाट गरिने कोरोना परीक्षण रोक्न भनिएको छ । एक पटक किटको जाँच गरिने र त्यसपछि मात्र परीक्षणको अनुमति दिने बताइएको छ ।

सम्बन्धित् समाचार