गृहपृष्ठ Featured “कृषि एम्बुलेन्स मार्फत नगरले उठायो किसानको तरकारी”

“कृषि एम्बुलेन्स मार्फत नगरले उठायो किसानको तरकारी”

वैशाख १०, कपिलवस्तु

पछिल्लो समय (Covid-19 ) अर्थात कोरोना भाइरसका कारण देश पूर्ण रूपमा लकडाउनमा छ लकडाउनका कारण विभिन्न ब्यवसायिक क्षेत्रहरूमा प्रत्यक्ष असर परेको छ , किसानहरूले उत्पादन गरेका कृषी उपजहरू सहज रूपमा बेचबिखन गर्न सक्ने अवस्था छैन किसानहरूको यहीँ समस्यालाई समाधान गर्न प्रदेश सभा सदस्य बिष्णु पन्थी पछिल्लो समय सक्रिय रूपमा लागि परेका छन ।

बाणगंगा नगरपालिकाका किसानहरूले उत्पादन गरेका नगदेबाली अन्तर्गत तरकारी जन्य कृषी उपजको सहज ब्यावस्थापन गर्ने कामको शुरूवात भएको छ ।प्रदेश सभा सदस्य बिष्णु पन्थी र बाणगङ्गा -९ का वडा अध्यक्ष धुर्ब बेल्बासेको संयुक्त पहलमा बाणगङ्गा -९ भर्तापुरका कृषि समुह द्वारा उत्पादित अर्गानिक तरकारी आज कृषि एम्बुलेन्स मार्फत किसानकै घरसम्म पुगेर उचित मुल्य निर्धारण गरेर उठाइएको छ।

कृषि एम्बुलेन्स मार्फत नगरमा उत्पादित तरकारीहरू नगरमै खपत गरिने र नगर भित्र खपत हुन नसके प्रदेश भित्र खपत गर्ने योजना रहेको प्रदेश सभा सदस्य बिष्णु पन्थीले वैखरी अनलाइनलाई जानकारी दिनु भयो ।

कृषि एम्बुलेन्स मार्फत स्थानीय क्षेत्रमा उत्पादित तरकारीको ब्यवस्थापन गर्दा प्रदेशबासीहरूले भारतीय बिषादीयुक्त तरकारी बाट छुटकारा पाउने विश्वास स्थानीय उपभोक्ताहरूले लिएका छन् ।

सम्बन्धित् समाचार