गृहपृष्ठ Featured अब देखि बाणगंगाका किसानले तरकारी कुहाउन नपर्ने

अब देखि बाणगंगाका किसानले तरकारी कुहाउन नपर्ने

प्रकाशित मिति:

हरि घिमिरे , बैशाख ११

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले बाणगंगाका किसानले उत्पादन गरेका तरकारीहरु कुहाएर फाल्न नपर्ने जनाएको छ । बाणगंगा नगरपालिका भित्रका किसानहरुले उत्पादन गरेका जे जति तरकारी भएपनि अब त्यसको चिन्ता लिने अवस्था नरहेको कुरामा विश्वस्त रहन किसान हरुलाई आग्रह गरेको हो । किसानले उत्पादन गरेको तरकारीले नगरभित्रको माग धान्छ या धान्दैन ? उत्पादन कस्तो छ ? उत्पादन भएको तरकारी विक्री भएको छ या छैन ? भनेर विशेष टोलीले तरकारी फर्महरुको अनुगमन गरेको हो ।

 

नगरपालिका भित्र व्यवसायिक रुपमा तरकारी खेती हुँदै आएका लगभग सबै वडाहरुमा अनुगमन गरि सकेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । अनुगमन गर्दा सिजन अनुसार फल्ने करेला, घिरौला, लौका, टमाटर, बन्दा गोभि, काँक्रा लगायतका तरकारीको बिक्री फर्मबाटै हुन लागेको कृषकहरुले बताएका छन् ।

तरकारीको विक्री राम्रै भएको र वाणगंगा क्षेत्र भित्रलाई लकडाउन अवधिभर पर्याप्त तरकारी पुग्ने भेटिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले बताए । नगरभित्र उत्पादन भएका तरकारी बाहिर लगेर बेच्ने स्थिती नभएकाले नगरबासीलाई आफ्नै नगरभित्र उत्पादन भएको तरकारी खान सरोकारवालाले आग्रह गरेका छन् ।

तरकारी फर्मको अनुगमन बाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघको टोलिले अनुगमनलाई तिव्रता दिएको छ ।

सम्बन्धित् समाचार