कपिलवस्तुको महाराजगन्ज नगरपालिकाद्धारा निर्माण गरिएका क्वारेन्टाइनमा ३३ जना रहेका छन । कोरोना भाइरस एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने भएकाले विदेश बाट आएका व्यक्ति र नगरपालिका भित्र का व्यक्ति मा कोरोना को लक्षण देखा परेमा क्वारेन्टाइनमा १४ दिन सम्म राख्ने व्यवस्था रहेको छ ।

नगरपालिकाको क्वारेन्टाइन वडा न. १ महाराजगन्जमा ७ जना , वडा न. ४ बरईपुरमा ४ जना , वडा न . ७ कुशाहवामा ७ जना , वडा न. ८ कजरहवामा ५ जना , वडा न. ९ शिसवामा ६ जना र वडा न. १० हरदौनामा ४ जना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भारत बाट आएका छन् । वडा न. २ पडरिया , वडा न. ३ जामुनी , वडा न. ५ उदयपुर , वडा न. ६ भलवारी र वडा न. ११ बलरमावापुर मा कुनै पनि व्यक्ति क्वारेन्टाइन मा नरहेको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिनु भयो ।
महाराजगन्ज नगरपालिका को सबै क्वारेन्टाइनमा जम्मा २५९ वेड संख्या रहेको छ ।








