गृहपृष्ठ Featured काठमाडौं कोरोनाका बिरामीमुक्त भएको भन्दै प्रधानमन्त्रीबाट खुशी व्यक्त

काठमाडौं कोरोनाका बिरामीमुक्त भएको भन्दै प्रधानमन्त्रीबाट खुशी व्यक्त

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएको भन्दै आफूलाई सन्तोष लागेको बताएका छन् ।

 


प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा कोरोना भाइरसबाट संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको भन्दै सन्तोष व्यक्त गरेका हुन् ।

‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु’ ओलीले ट्वीट गर्दै भनेका छन् ।

सम्बन्धित् समाचार