गृहपृष्ठ अन्तरास्ट्रिय खबर कतारमा मास्क नलगाए तीन वर्षसम्म जेल र दुई लाख कतारी रियाल जरिवाना हुने

कतारमा मास्क नलगाए तीन वर्षसम्म जेल र दुई लाख कतारी रियाल जरिवाना हुने

प्रकाशित मिति:

कोरोना सङ्क्रमण रोकथामका लागि कतारले मास्क नलगाउनेलाई कडा कारबाही गर्ने भएको छ । कतारको मन्त्रीपरिषदले २६ अप्रिल अथवा आउँदो आइतबारदेखि लागू हुने गरी मास्क नलगाउनेलाई तीन वर्षसम्म जेल सजाय र दुई लाख रियालसम्म जरिवाना हुने नियम ल्याएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले अनिवार्य रुपमा मास्क लगाउन पर्नेछ ।

यी क्षेत्रमा कार्यरत श्रमिकलाई अनिवार्य रुपमा मास्क लगाउन र कारबाहीबाट बच्न दूतावासले अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार