कपिलवस्तुमा १३ दिनमा ८ सय ७८ जनाको र्यापिड टेस्ट भएको छ शुक्रवार ३ पालिकामा कुल २० टेस्ट भए । यशोधरा ११, कपिलवसतुमा ६ र कृष्णनगरमा ३ टेस्ट भए । अहिले सम्म सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
अहिले सम्म बिजयनगर गाउपालिकाा १ सय ६ , महराजगंजनगरपालिक २ सय १२ सुद्धोदन गाउपालिकामा ६६ , मायादेबी गाउपालिकामा ८९ कृष्णनगर नगरपालिकामा ६० शिवराज नगरपालिकामा ५५ जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा ३९ यशोधरा गाउपालिकामा ८० र बाणगंगा नगरपालिकामा ४ जनाको टेस्ट बुद्धभुमीमा ३६ भईसकेको छ ।
क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको भगलते बताए । १० पालिकाले तयार गरेको एक हजार ३२ क्वारेन्टाईन बेडमा एक हजार ५४ जना रहेका्ेमा ८ सय ४२ जना डिस्चार्ज भई हाल २ सय १२ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।








