गृहपृष्ठ खबर विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सं‌ख्या २ लाख नजिक, अमेरिकामा मात्र ५२ हजार नाघ्यो

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सं‌ख्या २ लाख नजिक, अमेरिकामा मात्र ५२ हजार नाघ्यो

प्रकाशित मिति:

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुईलाख नजिक पुगेको छ। वल्डोमिटरले शनिबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार तीन रहेको छ। अमेरिकामा सबै भन्दा बढी ५२ हजार ९७ जनाको मृत्यु भएको छ। त्यहाँ ९ लाख २३ हजार आठ सय १२ जना संक्रमित छन्।

अमेरिकमा विगत २४ घण्टामा एक हजार आठ सय ६३ जनाले ज्यान गुमाइसकेका छन। अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या रहेको छ। त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ छ। त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन्।

२ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ। फ्रान्समा २२ हजार २ सय ४५ ले ज्यान गुमाएका छन्। त्यहाँ एक लाख ५९ हजार ८ सय २८ संक्रमित छन्। त्यस्तै जर्मनीमा एक लाख ५४ हजार ९९९ संक्रमित छन्। मृतकको संख्या ५ हजार ७ सय ६० छ। बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ। त्यहाँ १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ।

त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ। चीनमा अहिले सम्म चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। त्यहाँ विगत दुई दिन अघि कुनै पनि मृतक फेला परेका छैनन्। चीनमा संक्रमितको संख्या ८२ हजार आठ सय चार जना छन्।

चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ। विश्वभर संक्रमितको संख्या २८ लाख २७ हजार ३ सय ९१ पुगेका छन्। त्यस्तै ७ लाख ९८ हजार ३ सय ३१ जना निको भएर घर फर्किएका छन्।

सम्बन्धित् समाचार