गृहपृष्ठ खबर काठमाण्डौंमा बस्ने अर्घाखाँचीका नागरिक फर्किए, कपिलवस्तुकालाई फर्काउन भने कुनै पहल भएन्

काठमाण्डौंमा बस्ने अर्घाखाँचीका नागरिक फर्किए, कपिलवस्तुकालाई फर्काउन भने कुनै पहल भएन्

विश्वभर कोरोनाको त्रास बढ्दै गएपछि काठमाण्डौमा बस्दै आएका अर्घाखाँचीका नागरिकलाई जिल्ला ल्याईएको छ भने कपिलवस्तुका नागरिकलाई ल्याउन भने कुनै पहल समेत भएको छैन । अर्घाखाँची जिल्लास्थित स्थानिय निकाय र जिल्लाका नेताहरुको पहलमा काठमाण्डौमा वस्दै आएका अर्घाखाँचीका नागरिकलाई जिल्ला ल्याइएको हो ।

१४ बसमा जिल्लाका ४ सय बढि नागरिकलाई जिल्लामा ल्याइएको हो । जिल्लाका नेताहरु टोप बहादुर रायमाझी, पुष्मा भुसाल, तरुण दलका नेताहरुको पहलमा काठमाण्डौंमा बस्दै आएका अर्घाखाँचीका नागरिकलाई तिन दिन पहिला जिल्ला ल्याईएको अर्घाखाचीबाट पत्रकार घनश्याम पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए । यता कपिलवस्तुमा भने कसैबाट पनि पहल भएको छैन ।

काठमाण्डौमा हामी सुरक्षित छौ, जिल्ला आउने ब्यवस्था मिलाउन काठमाण्डौमा बस्दै आएका कपिलवस्तुका नागरिकले गुनासो गरेका छन । यस बिषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले ल्याउन सकिने तर क्वारेन्टाइनमा राख्नु पर्ने बताएका छन ।

फिचर फोटो: सिने सतरङ्ग कपिलवस्तु

सम्बन्धित् समाचार