गृहपृष्ठ अन्तरास्ट्रिय खबर क्यानडा गोलीकाण्ड : प्रेमिका भागेपछि अभियुक्तले २२ जनाको हत्या गरेको खुलासा

क्यानडा गोलीकाण्ड : प्रेमिका भागेपछि अभियुक्तले २२ जनाको हत्या गरेको खुलासा

प्रकाशित मिति:

गत साता क्यानडामा एक पुरुषले अन्धाधुन्ध गोली प्रहार गरी २२ जनाको हत्या गरेको घटनाबारे केही तथ्य खुलेको छ । शुक्रबार प्रहरीले बताए अनुसार ती पुरुषले आफ्नी प्रेमिकाले छाडेर भागेपछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । तर उनले प्रेमिकालाई यातना दिएका कारण भागेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीले ती पुरुषले प्रेमिकालाई यातना दिएको प्रकृतिबारे भने खुलाएको छैन । साथै उनकी प्रेमिका कसरी भागिन् भन्ने पनि प्रहरीले विस्तृतमा जानकारी दिएको छैन । प्रहरीका अनुसार ती महिला प्रेमीबाट भागेर जंगलमा पुगेकी थिइन् । स्थानीय मिडियाले ती महिलालाई बाँधिएको अवस्थामा रहेको जनाएका छन् ।

तर उनको नाम पनि खुलाइएको छैन । हाल उनी प्रहरीको निगरानीमा छन् । साथै उपचार भइरहेको बताइएको छ । ती महिला शनिबार राति भागेर जंगलमा रातभर लुकेको पनि अनुसन्धानमा खुलेको छ ।

त्यतिन्जेलसम्म ५१ वर्षीय पुरुष अभियुक्त गाब्रिएल वर्टम्यानले नक्कली प्रहरीभो भेषमा १३ जनाको हत्या गरिसकेका थिए । त्यहाँबाट फेरि गाडीमा गएर आइतबार बिहान थप ९ जनाको हत्या गरेका थिए । क्यानडामा एकैजनाले यति धेरै मानिसको डरलाग्दो तरिकाले हत्या गरेको पहिलो घटना हो ।

सम्बन्धित् समाचार