काठमाडौँले / जिल्ला अदालत काठमाडौँले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटी बुझाएर तारिखमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले आज थुनछेक बहसपछि धरौटी २५ हजार धरौटी बुझाएर तारिखमा छुट्नुभएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमार्फत सरकारको गालीगलोज गरेको आरोपमा पक्राउ पर्नुभएका उपाध्यायलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोवारसम्बन्धी ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।
प्रहरीको अनुसन्धानपछि आइतबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उपाध्यायविरुद्ध मुद्दा दायर गर्दै १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको थियो।