गृहपृष्ठ Featured भोली देखि देशभर लकडाउन कडा, विना पासका सवारी चलाउन नदिन परिपत्र

भोली देखि देशभर लकडाउन कडा, विना पासका सवारी चलाउन नदिन परिपत्र

काठमान्डाैं । गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएको गुनासो आएपछि गृहले सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर आजै परिपत्र गरेका छौं

लक डाउनको चौतर्फी उल्लङ्घन हुन थालेपछि गृहमन्त्रालयले लक डाउन कडाई गर्न निर्देशन दिएको छ । गृहले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै लक डाउन उल्लंघन गर्न नदिनका लागि आवश्यक कदमहरु चाल्न निर्देशन दिएको हो । सवारी पास नभएका सवारी पनि चलेको पाइएको भन्दै गृहले प्रमुख जिल्ला अधिकारीलाई थप कडाई गर्न पत्राचार गरेको हो ।

सम्बन्धित् समाचार