गृहपृष्ठ Featured थप तीनजनामा देखियो कोरोना ,संक्रमित ५७ पुगे

थप तीनजनामा देखियो कोरोना ,संक्रमित ५७ पुगे

प्रकाशित मिति:

काठमाडौं– नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५७ पुगेको छ ।बुधबार एकै दिन तीनजनामा कोरोनाभाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ५७ पुगेको हो । जसमा १६ जना निको भएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुईजना र वीरगन्जका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनीहरु तीनैजना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदै छ ।

सम्बन्धित् समाचार