गृहपृष्ठ Featured कपिलवस्तुमा लकडाउनको उल्लंघन गर्दै सयौंको संख्यामा निस्किए मानिसहरू

कपिलवस्तुमा लकडाउनको उल्लंघन गर्दै सयौंको संख्यामा निस्किए मानिसहरू

वैशाख १७
कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरेको लकडाउनको अवस्थामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ मा आज बिहान सयौंको संख्यामा स्थानीयहरू एकै ठाउँमा जम्मा भएका छन् ।

जनसेवा बहुमुखी सहकारी संस्था लि ले कृषि सामाग्री वितरण गर्ने भन्ने जानकारी पाए पछि स्थानीय किसानहरू ठूलो संख्यामा जम्मा भएका थिए ।

मुख्य बालीका रूपमा गरिने धान खेतीका लागि आवश्यक पर्ने मलखाद एवम् विउका लागि स्थानीयहरूको भिड लागे पछि उक्त कृषि सहकारीले कृषि जन्य सामाग्री वितरण रोकेको थियो ।

कोरोनाको प्रकोप संगै मुख्य बालि लगाउने चटारो बढ्दै जान थालेकाले स्थानीय निकायले सामाजिक दुरि कायम राख्दै कृषि सामाग्रीको बेचबिखन र समुचित तवरबाट वितरणको प्रक्रिया मिलाउनु पर्ने स्थानीयहरू बताउछन् ।

 

 

सम्बन्धित् समाचार