गृहपृष्ठ Featured रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु ।

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु ।

प्रकाशित मिति:

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु ।

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले जानकारी दिनुभयो ।


मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली रहेकाे रोल्पाका प्रहरि प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरि प्रमुख रबिन्द्र बहादुर धानुकले जानकारि दिनुभयो ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा ग्वाला गएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुन सक्ने आशंका प्रहरिले गरिएको छ ।घटनास्थलमा रहेको अर्को बम अबेर नेपालि सेनाले डिष्पोज गरेको छ ।

सम्बन्धित् समाचार