गृहपृष्ठ अर्थ/वाणिज्य एनएमबि बैंकले ल्यायो फेसबुक च्याट मार्फत खाता खोल्न सकिने नयाँ योजना

एनएमबि बैंकले ल्यायो फेसबुक च्याट मार्फत खाता खोल्न सकिने नयाँ योजना

प्रकाशित मिति:

काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै गएको छ । बैंकले अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।

वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं ।

आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

सम्बन्धित् समाचार