गृहपृष्ठ अन्तरास्ट्रिय खबर ११ जना कुवेतमा थप नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

११ जना कुवेतमा थप नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

प्रकाशित मिति:

खाडी मुलुक कुवेतमा थप एघार नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले थप एघार जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ ।

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३५३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ४३ सय ७७ पुगेको छ।

थप ६३ सहित १६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएका छन्।संक्रमित दुईहजार ७ सय ४५ को सामान्य उपचार भैरहेको त्यसमध्य ७० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा ४ जनाले ज्यान गुमाएसंगै मृतकको सख्या ३० पुगेको छ।

सम्बन्धित् समाचार