गृहपृष्ठ कला/साहित्य ‘मेरो लकडाउन’ – सुशिल पौडेल

‘मेरो लकडाउन’ – सुशिल पौडेल

प्रकाशित मिति:

म,मेरो परिवार र मेरो देशको सुरक्षाका लागि गरिएको लकडाउन हामी सबैका लागि बिगतको समय भन्दा केही भिन्न तरिकाले बितिरहेको छ।विश्वका हरेक देशमा महामारीको प्रकोप देखाउदै फैलिएको “कोरोना भाइरस” अर्थात् (COVID-19)ले आज हामीलाई पनि त्रास र आतंकित तुल्याउदै छ।नेपाल सरकारले समयमै गरेको लकडाउनप्रती आभार व्यक्त गर्दै म हालका दिनहरुले मेरो दैनिक समयतालिकामा परेका परिवर्तनहरुलाई छोटो बिश्लेषण गर्न चाहन्छु। सुन्नोस त, यो खालिपनको समयले हजुरलाई कति परिवर्तित गरायो त? सोही प्रश्नको उत्तर तसर्थ,मेरा अनुभव र भोगाई बटुल्दै यो छोटो रचना याहाहरुका लागि टक्र्याउन चाहन्छु।

हालको विषम परिस्थितिले मेरा कार्यहरु भने अलग प्रस्तुत भएका छन्। विगतका समयमा मात्र शैक्षिक कार्यहरुमा दिन बिताउने म,अहिले घरेलु कार्य एवम् सिपमुलक कार्यहरुमा हात फैलाउन थालेको छु।यो लकडाउनको समयले मलाई सरसफाइ र स्वस्थ्य क्षेत्रमा जागरुक पनि गराएको मैले अनुभूति गरेको छु। कलेजबाट आएपछि मनोरञ्जनका लागि मोबाइल चलाउने म, अहिले सूचना,जानकारी र हालखबर बुझ्नका लागि मात्र मोबाइल प्रयोग गर्ने गरेको छु।दिनहुँ पाठशालाको चापले बेरिरहेको म विध्यार्थी,यो समयको खालिपनलाई उपयोग गर्दै साहित्य तर्फ रुचि बढाउदै छु।पढाईका लागि सहर धाउने म,अहिले गाउमा आमाबुवासङ खुसी बाढदै छु।यो लकडआउनको समयलाई मैले भने अवसरका रुपमा परिणत गर्दै खेतबारीका कार्य लगायत गाउँले जिवनका अनुभवहरुलाई सगाल्दै छु। फुर्सद नै हुन्न भन्दै बस्ने म,ती फुर्सद नहुदा छुटेका कार्यहरु पनि हालकै समयमा पूरा गर्दै छु।त्यसैले यो समयलाई सकारात्मक रुपमा संयोगको मौका पनि भन्न चाहन्छु। समाचार हेर्न र सुन्न फुर्सद नहुने मलाई,अहिले बल्ल सरकारको गठन र देशको परिवेश बुझ्न पाएको छु।सकारात्मक रूपमा म भित्र यी परिवर्तन त आए तर अर्कातिर मलाई यो समयको घडिले नकारात्मक परिवर्तन तर्फ पनि डोहोर्यायो।

दैनिक सबेरै उठेर पठनपाठन तालिकाको पालना गर्ने म, अहिले विदाको अवसर पारेर आफुलाई आनन्द तुल्याउने क्रममा झ्यालमा घामको झुल्को नपरेसम्म सुत्न थालेको छु।पाठ्यक्रमको बेवास्ता गरेर म बाहिरी क्रियाकलापहरुमा लागेर यो पढ्ने समयको अवसर गुमाएको जस्तो पनि म महसुस गर्छु। विगतका दिनमा मेरो खाना खाने समय, अहिलेको चियानास्ता गर्ने समय बन्न पुगेको छ।यो भाईरसको संक्रमण अनिश्चित छ भन्ने सोच राख्दा म आफ्नो अध्ययनलाई पनि सेलाउदै छु।”छुट्टी त हो नि” भन्ने विचार राख्दै आफुलाई मिहिनेतभन्दा बढी अल्छिपनाको बाटोमा लैजादै गरेको पनि अनुभव गर्छु।सकारात्मक परिवर्तनले म प्रफुल्लित त छु तर यी नकारात्मक परिवर्तनहरुलाई भने म आफ्ना दैनिकीबाट मेटाउन चाहन्छु।

अन्ततः म यो कुराम खुसी छु कि, म पनि यो देशको एक सचेत नागरिक हुँ र मैले लकडआउनको पूर्ण रुपमा पालना गरिरहेको छु र आशा गर्छु हामी सारा नेपाली जनता पनि यो क्षणमा सचेत,सतर्क र सुरक्षित भएर यो लकडाउनलाई सफल पार्दै कोरोना भाईरस विरुद्धको लडाइँमा विजय हासिल गर्ने नै छौँ। हामी नेपाली एकजुट भएर मात्र यो लडाइँ जित्न सक्छौं र विश्वास छ हामी जित्ने नै छौँ।
पुनश्च: हामी सारा नेपालीप्रती म यो आह्वान गर्न चाहन्छु कि, हजुरहरु पनि यो समयावधिलाई पालना गर्नुहोस् र आफुलाई सकारात्मक परिवर्तन गराउने अवसरको फाइदा उठाउनुहोस् । सम्पुर्ण नेपालीमाझ स्वास्थ्य लाभको कामना गर्दै म आफ्नो लेख यतिमै टुङ्याउन चाहन्छु।

“पालना गरे लकडाउन,हुनेछ कोरोनाको हार
उल्लंघन गरे लकडाउन, भोलि देख्नेछैनौँ यो संसार”
धन्यवाद !
सकल सत्य समर्थनद्वारा आयोजित लेखन प्रतियोगितामा प्रथम हुन सफल लेख ।

सम्बन्धित् समाचार