गृहपृष्ठ खबर वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

news

सरकारले  वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

संविधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन् ।

अधिवेशनकै लागि संसद हलभित्र सामाजिक दूरी कायम हुने गरी बसाईको व्यवस्थापनसमेत मिलाइसकिएको छ । गत बिहीबार मात्र प्रधानमन्त्री केपी ओली, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले संसद भवन कक्षको निरीक्षण समेत गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते नयाँ बजेट ल्याउनुपर्ने हुन्छ भने बजेट ल्याउनुअघि सदनमा संसदमा नीति तथा कार्यक्रम पेश गर्ने गरिएको छ ।

सम्बन्धित् समाचार