अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ६ काे खिल्जीमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । जङ्गली च्याउ खाँदा अन्य तीन जना बिरामी परेका छन् ।
च्याउ पकाएर खाएका चार जनामध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सीटी अस्पतालमा ज्यान गएको
हो ।
जङ्गली च्याउ खाँदा मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी भएका छन् । तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश खत्रीले बताउनुभयो ।