गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुमा वृद्ध वृद्धाद्धारा बैकबाट भत्ता लिदां सास्ती खेप्नु परेको गुनासो,दुरी कायम नहुदां कोरोनाको समेत उच्च जोखिम

कपिलवस्तुमा वृद्ध वृद्धाद्धारा बैकबाट भत्ता लिदां सास्ती खेप्नु परेको गुनासो,दुरी कायम नहुदां कोरोनाको समेत उच्च जोखिम

प्रकाशित मिति:

बृद्ध बृद्धाहरुलाई बैकबाट भत्ता लिन नै सास्ती भएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेका बैंकहरुले लकडाउनका बेला बैंकमा अहिले सामाजिक सुरक्षा भत्ता बितरण गरिरहेका छन् । जहाँ सामाजिक दुरी समेत कायम भएकौ छैन । भत्ताकालागि सास्ती ब्यहोर्न बाध्य बृद्धहरु सामाजिक दुरी कायम नहुदा कोरोनाको संक्रमण्को जोखिमा समते छ । कपिलवस्तु नगरपालिका– १२ बेलभरियाबाट तौलिहवा स्थित लक्ष्मी बैंकमा भत्ता लिन आएकी ८० बर्षिया मुन्नरीन डफालीलले भत्ता पाउन निकै सास्ती पाएको बताईन । छोरा बहादुरले साईलको पछाडी सिटमा राखेर १२ किलो मिटर यात्रा तय गरी मुन्नरीनलार्ई बैंक पुरयाएका थिए । साइर्कल को पछाडी सिटमा बसेर बैंक आईपुगका मुन्नरीनले बैंकमा एक घन्टा कुरे पछि पालो आएको बताईन ।

‘ लकडाउनका बेला त आफु जस्तो बृद्धालाई घर मै भत्ता पुर्याई दिएको भए कति सहज हुन्थ्यो ’ साईकलमा बसेर निकै थकित भएकी उनले भनिन ‘ भत्ता पाउन निकै सास्ती पाए ’ । मुन्नरीनका छोरा बहादुरले आफुुले भत्ताकालागि आमालाई बैक ल्याउन र लैजान पाएको दुःख भन्दा पनि आमाले अनावश्यक सास्ती खान परेको बताए । आफनो बडामा १० जना हिडडुल गनै नसक्ने बृद्धबृद्धा रहेको मन्नरीनले बताईन । उनीहरुले अहिले सम्म भत्ता पाएका छैनन ।

उता कपिलवस्तु नगरपालिका वडा नम्बर– ३ महतिाबाट ह्ीवील चियरमा भत्ता लिन पुगकी ७५ बर्षिया नरमाया थापाले २ घन्टा कुरेर पालो पाएको बताईन । कृषि विकास बैंक तौहिलाव शाखामा भत्ता लिन पुगकै उनले लकडाउनका बेला पनि आफु जस्ता बृद्धबृद्धाहरुले निकै दmुख खेपन परेका उनले गुनासो गरिन । सरकारले अनियमिततालाई रोक्न लागि ५ देखि बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरे पछि कपिलवस्तु नगरपािलकाका आसक्त बृद्धबृद्धाहरु भने झनै समस्यामा परेका छन् ।े हिडडुल गर्न गाह्रो हुने उनीहरु चार महिनामा एक पटक पाईने भत्ताका कारण निकै सास्ती ब्योहर्न बाध्य छन् । सरकारले बैकमा खाता खालेर भुक्तानी दिने प्रावधान राखेका ेछ ।

जसले गर्दा बृद्ध र आसक्तहरु झन दुःख र सास्ती भोग्नु परेका छ । लकडाउनका बावजुत घरबाट पैदल ,रिक्सा र साईकलमा आएका बृद्धबृद्धाहरु ४ घण्टा बढी लाईनमा बसेर मात्र भत्ता पाउदा उनीहरुको मुहारमा खुशी भन्दा दुःख झल्कथ्यो । लठ्ठीको सहायताले ४ घण्टा लगााएर कृषि बिकास बैंकमा भत्ता लिन पुगेकी नगरपालिका– ४ की बवुना यादवले ५ घण्टाको पर्खाई पछि बल्ल भत्ता पाउन सफल भएको दुःखेसो पोखिन । भत्ताका लागि पालो कुर्दै लठ्ठी समातेर भुइृमा भत्ताको लागि पालो कुर्दै बसेकी उनले भनिन ‘ हिडनै नसक्ने म बुढीले साह्रै दुःख पाए । ’ २० पानाति देखेकी उनले बिगतमा घरैमा भत्ता पाएको संझदै भनिन ‘ ५ बर्ष अघि सम्म कर्मचारीहरुले घरैमा पुगेर सही छापा गराएर पैसा दिन्थे, अहिले कुनै के भएछ, बैकमा आउनु पर्ने ।’कर्मचारीहरुले गर्ने गल्ती र अनियमितताको सजायको भारी आफुहरुमाथी थापेर सरकारले अन्याय गरेका बृद्धबृद्धाको आरोप छ । कर्मचारीले गर्ने गल्तीको भागीदार उनीहरुालई बनाउनु पर्नेमा हामी जस्ता आसक्तमाथी थोपुर्न जायज नभएको उनीहरुको भनाई छ ।

वडा नम्बर १२ का अध्यक्ष ओमप्रका पाण्डेय तानुबाबाले लकडानउका बेला घर घरमै भत्ता बितरणकालागि पहल गरे पनि त्यसो हुन नसकेको बताए ‘ यस्ता बेलामा बृद्धबृद्धालाई घर घर मै भब दिन पाएको भए रामैो हन्थ्यो ’ उनले भने । आफना वडामा हिडडुल गर्न नसक्ने १० जनालाई घर मै गएर भत्ता दिन बैंकलाईै आग्रह गरेका उनले बताए । अधिकारकर्मी रबि ठाुकरले पनि हिडडुल गर्न नक्ने आसक्तहरुको पहिचान गरी घरमै भत्ता बितरण गर्ने प्राबधान निर्माण गर्नु पर्ने बताए । ‘ बैंकमा भत्ता बितरण गरेर आशक्तहरुले झन दुःख पीडा भोग्न बाध्य भएकाले यस तर्फ सोच्नु पर्छ । ’ उनले भने । ७० बर्षका ज्येष्ठ नागरिकले ३ हजार र एक महिलाले मासिक २ हजार भत्ता पाउने गर्छन ।

सम्बन्धित् समाचार